नेपाली उद्योगी व्यवसायीहरूको हक र अधिकारका पक्षमा निरन्तर लडाइँ लड्दै आएका व्यवसायी हुन् प्रकाशसिंह कार्की । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा उमेशलाल श्रेष्ठ समूहबाट वस्तुगत कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका कार्कीले वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाललाई समर्थन गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि यही मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा साधारणसभा तथा…