Logo

समाचार

मिस नेपाल–२०२० को उपाधि नम्रता श्रेष्ठलाई



काठमाडौं – मिस नेपाल–२०२० को उपाधि नम्रता श्रेष्ठले जितेकी छिन्। काठमाडौंकी २३ वर्षीया श्रेष्ठ शनिबार सम्पन्न ग्रान्ड फिनालेमा मिस नेपाल–२०२० बनेकी हुन्।

श्रेष्ठ समाजशास्त्रकी विद्यार्थी हुन्। मिस नेपाल–२०२० मा ‘मिस नेपाल अर्थको उपाधि सुप्रिया श्रेष्ठ भएकी छिन्। मिस नेपाल इन्टरनेशनलको उपाधि सन्ध्या शर्माले जितेकी छिन्।

मिस नेपाल–२०२० मा मिस सुप्रानेशनल–२०२० को उपाधि सिमल कनौडियाले जितेकी छिन्। नम्रता श्रेष्ठ, सिमल कनौडिया, आयशा श्रेष्ठ, मेरिशा सिंह सुवाल, सुप्रिया श्रेष्ठ र सन्ध्या शर्मा अन्तिम चरणमा पुगेका थिए।

मिस नेपाल–२०२० अन्तर्गत मिस टुरिजमको उपाधि रिया श्रेष्ठले जितेकी छिन्। मिस फिटनेसको उपाधि शुभाङ्गी खत्रीले जितेकी छिन्। मिस नेपाल–२०२० अन्तर्गत मिस इन्टेलेक्चुअलको उपाधि मिस नेपाल भएकी श्रेष्ठले जितेकी छिन्।

प्रकाशित : २० मंसिर २०७७, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल