Logo

खेलकुद

लियोनल मेसी भर्सेस क्रिस्टियानो रोनाल्डो: फुटबल मैदानमा को बढी अनुशासित?



काठमाडाैं, ७ पुस – अर्जेन्टाइन स्ट्राइकर लियोनल मेसी र पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो वर्तमान् फुटबलमा सर्वाधिक धेरै तुलना हुने खेलाडी हुन्। मेसी र रोनाल्डोबीच विभिन्न तथ्याङ्कको आधारमा तुलना हुन्छ।

फुटबलप्रेमीहरुले मेसी र रोनाल्डोलाई चिरपरिचित प्रतिद्वन्द्वीको रुपमा चिन्छन्। जबकी, उनीहरुले मिडियामा आफूहरु मिल्ने साथी हो भनेर प्रतिक्रिया दिइरहेका हुन्छन्।

दुईमध्ये को राम्रो खेलाडी भन्ने बहसमा ठूला अप्रिय घटनासमेत भइसकेका छन्। मेसी र रोनाल्डोमा को उत्कृष्ट भन्ने प्रश्नमा विश्व फुटबल आज पनि दुई ध्रुवमा उभिन्छ।

विश्वका उत्कृष्ट यी दुई खेलाडीमध्ये फुटबल मैदानमा को बढी अनुशासित? फुटबलमा खेलाडीको अनुशासन उसले खेल दौरान पाएको रातो कार्ड र पँहेलो कार्डको आधारमा निर्धारण गरिन्छ।

त्यसकारण मेसी र रोनाल्डोमा को बढी अनुशासित भन्ने कुरा उनीहरुले खेल मैदलानमा पाएको रातो कार्डको आधारमा चर्चा गरौं।

हाल युभेन्टसबाट व्यवसायिक फुटबल खेलिरहेका रोनाल्डोले आफ्नो करियरमा हालसम्म ११ वटा रातो कार्ड पाएका छन्। तीमध्ये ७ वटा रातो कार्ड सिधै पाएका थिए।

सन् २००४ को मे महिनामा एन्टोन भिल्लाविरुद्ध म्यानचेस्टर युनाइटेडबाट खेल्दा उनले पहिलो पटक रातो कार्ड पाएका थिए। पछिल्लो पटक सन् २०१८ को सेप्टेम्बर महिनामा भ्यालेन्सियाविरुद्ध युभेन्टसबाट खेल्दा उनले रातो कार्ड पाएका थिए।

हाल बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका मेसीले आफ्नो फुटबल करियरमा २ वटा मात्र रातो कार्ड पाएका छन्। दुबै कार्ड उनले अर्जेन्टिनाबाट खेल्दा पाएका थिए।

सन् २००५ को अगस्टमा हंगेरीविरुद्ध खेल्दा पहिलो रातो कार्ड व्यहोरेका मेसीले पछिल्लो पटक सन् २०१९ को जुलाईमा चिलीविरुद्ध खेल्दा रातो कार्ड पाएका थिए।

माथिको तथ्याङ्कलाई हेर्दा मैदानमा मेसी रोनाल्डोभन्दा बढी शान्त देखिएका छन्। मेसीले रोनाल्डोभन्दा धेरै कम संख्यामा रातो कार्ड पाएका छन्। एजेन्सी

रमेश प्रसाई र नन्दा सिंहः दुई वर्ष प्रेम अनि विवाह बन्धनमा

प्रकाशित : ७ पुस २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल