काठमाडौं, भदौ ३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र अभियानका लागि आर्थिक सहयोग संकलन अभियान थालेको छ । काठमाडौंमा आज आयोजित एक समारोहबीच अध्यक्ष राजेन्द्र लिङ्देनले अभियानको घोषणा गरेका हुन् । वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्रका पक्षमा जनमत बनाउन, हिन्दुराष्ट्र पुनःस्थापना अभियान र आन्दोलनलाई प्रभावकारी ढंगबाट अघि बढाउन, संसारभरका हिन्दुराष्ट्र नेपाल पक्षधर व्यक्ति, समुह…