Logo

समाचार

पूर्णायु हस्पिटल : प्राचीन र नेपाली मौलिक विधिबाट आयुर्वेदिक उपचारमा निरन्तर सफलता



काठमाडौं, मंसिर २३ गते । पूर्णायु आयुर्वेदिक अस्पताल अर्थात पूर्णायु आयुर्वेद प्रालिले नेपाली आयुर्वेद उपचार पद्धतिमा नवीनतम् प्रयोगमार्फत झण्डै दुई वर्षको अवधिमा पाँच हजार बिरामीको उपचार गरिसकेको छ ।

काठमाडौंको भीमसेनगोलास्थित पूर्णायु अस्पतालले नेपालकै मौलिक स्वास्थ्य सामग्रीको प्रयोग गरेर स्थापनाको छोटो अवधिमै सामान्यदेखि अति गम्भीर रोगका बिरामीको उपचार सम्भव तुल्याएको हो ।

वरिष्ठ आयुर्वेदिक चिकित्सक डा. लक्ष्मण पौडेलले पूर्वीय दर्शन, सभ्यता र अनुसन्धानको विरासतमा पल्लबित र पुष्पित आयुर्वेद उपचार पद्धतिमा पूर्णायु आयुर्वेद प्रालिले विशिष्टशैली अपनाइरहेको बताएका छन् ।

‘तीन दशकभन्दा लामो समयदेखि आयुर्वेद विज्ञानमा सक्रिय वरिष्ठ चिकित्सक, स्वास्थ्यकर्मीको अनुपम र जीवन्त सक्रियताका कारण नेपालसँगै विश्वका विभिन्न देशमा रहेका नेपालीहरूलाई स्वास्थ्योपचार गराइरहेको पूर्णायु आयुर्वेदले छोटो अवधिमै जनविश्वास जितेर नै पाँच हजारभन्दा धेरैको सफल उपचार सम्भव भएको हो,’ डा. पौडेलले भने ।

कुन–कुन रोगको हुन्छ उपचार ?

डा. पौडेलका अनुसार क्यान्सर, किड्नी, सुगर, ब्लडप्रेसर, थाइराइड, पथरी, ग्याष्ट्रिक, गानोगोला, कब्जियत, पिनास, टन्सिल, दम, खोकी, जन्डिस, युरिक एसिड, बाथ, अल्सर, पाइल्स, फिसर, फिस्टुलाको उपचार गरिन्छ । त्यसैगरी, माइग्रेन, डिप्रेसन, प्यारालाइसिस, मोटापन, कमजोरी साथै नसा तथा हाडजोर्नी, छालासम्बन्धी, महिला सम्बन्धी, यौन सम्बन्धी, पिसाब सम्बन्धी, कपाल सम्बन्धी तथा नयाँ केश उमार्ने, सौन्दर्य सम्बन्धी, दीर्घरोग सम्बन्धीसम्पूर्ण रोगको प्राकृतिक उपचार पूर्णायु हस्पिटलमा गरिन्छ ।

उनले दैनिक ओपीडी सेवा रहेको बताउँदै फार्मेसी, ल्याब, आयुर्वेद मसाज, शिरोधारा, कपिङ, स्टिमवाथ तथा तितेपातीको प्रविधिद्वारा नसा तथा हाडजोर्नीसम्बन्धी रोगको उपचार गरिने बताए । उनका अनुसार अप्रेसन तथा फिजियोथेरापी र पञ्चकर्म गरिन्छ । साथै विभिन्न रोगको उपचार र चिकित्सकीय परामर्श दिइने उनले बताए । उनले अकुप्रेसर, अकुपञ्चर विधिबाट उपचार गरिने बताए ।

अस्पतालका निर्देशक पर्शुराम चौहान प्रल्हालले स्वास्थ्य समस्या भएका नागरिकलाई स्वस्थ्य राख्न पूर्णायु आयुर्वेद अस्पतालले नवीनतम् प्रयासलाई हृदयङ्गम गरेको बताए ।

चौहानले नेपाली माटोमा उत्पादित जडिबुटी, नेपालकै चिकित्सक र नेपाली मौलिक चिकित्सा विधामार्फत राष्ट्र र अन्तर्राष्ट्रिय रुपमा पूर्णायु आयुर्वेद अस्पतालले गरिरहेको योगदानले नेपालको स्वास्थ्य क्षेत्रमै नयाँ क्रान्ति ल्याउने विश्वास लिएको बताए ।

उनले पूर्णायु आयुर्वेद अस्पतालले नेपालको मौलिक स्वास्थ्य विधिसँग ऐतिहासिक र पौराणिक सम्बन्ध रहेको आयुर्वेदिक चिकित्साको क्षेत्रमा गरिरहेको अध्ययन, अनुसन्धानबाट विदेशिरहेको जनशक्तिलाई प्राचीनकालदेखि चलिआएको आयुर्वेद उपचारको क्षेत्रमा रुपान्तरणकारी रुपमा परिचालन गरी रोजगारी वृद्धि गर्ने बताए ।

उनले मानव शरीरका सबै अङ्गको सरल र सघन उपचारमार्फत पूर्णायु आयुर्वेद अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीले दिइरहेका बताए । उनले उपचार सेवाबाट लाभान्वित नागरिकले नयाँ जीवन पाएको बताए । ‘हाम्रो प्रयास अस्पताललाई बिरामीको विश्वासको आधार बनाउने हो, र हामी बिरामीलाई निको पारेर पठाउँदै गर्दा उहाँहरूको मुहारमा मुस्कान देख्न पाइयोस् भन्ने सोच राख्छौँ,’ उनले भने ।

कार्यकारी निर्देशक चौहानले आयुर्वेद विधामार्फत सबै उपचार गरिने बताउँदै अहिलेसम्म पूर्णायु हस्पिटलमा आएका बिरामीको उपचार सहज रुपमा सफल बनाइएको दावी गरेका छन् ।

प्रकाशित : २३ मंसिर २०८०, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल