काठमाडौं, १५ साउन – पूर्वयुवराज पारस शाहले काठमाडौंको महाराजगञ्जस्थित सडकमै बबाल गरेका छन्। बेलाबेला उपद्रो र अनौठो गतिविधिका कारण विवादमा आइरहने पूर्वयुवराज पारस शाहले आज फेरि प्रहरीसँग लफडा गरेका छन् । पूर्वयुवराज शाहले ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । महाराजगञ्जस्थित नारायण गोपाल चोकमा शुक्रबार साँझ ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले दुर्व्यवहार गरेका हुन्…