Logo

मनोरञ्जन

‘दुर्गा’को शीर्ष गीत ‘कर्ममा मेरो खोट थियो कि’मा संघर्षपूर्ण कथा (भिडियोसहित)



काठमाडाैं – सामाजिक सन्देश बोकेको लघु फिल्म ‘दुर्गा’को शीर्ष गीत रिलिज भएको छ। ‘कर्ममा मेरो खोट थियो कि’ बोलको फिल्मको शीर्ष गीत आरके मानन्धर र राजु भुजुको संयुक्त युट्युब च्यानल आरके एन्ड आरके इन्टरटेन्मेन्टमार्फत रिलिज गरिएको हो।

शीर्ष गीतमा शब्द तथा संगीत यादवराज पाण्डेको रहेको छ। गायिका सुम्निमा सिंहको स्वर रहेको छ। बालशोषणविरुद्धको जनचेतनामूलक उक्त लघु फिल्म घरेलु श्रमिकको विषयमा निर्माण गरिएको छ।

लघु फिल्ममा आरके मानन्धर, राजु भुजु, दमन रुपाखेती, कमला रेग्मी, सेविता अधिकारी तथा बालकलाकार ईनाया प्रजापतिको अभिनय रहेको छ। लघु फिल्ममा दिलपि विष्टको छायांकन तथा रबिन भट्टको सम्पादन रहेको छ। लघु फिल्म सीता मानन्धर र राज मानन्धरले निर्माण गरेका हुन्।

केही दिनपछि आरके एन्ड आर के इन्टरटेन्मेन्टमार्फत रिलिजमा आउने उक्त लघु फिल्म दमन रुपाखेतीले निर्देशन गरेका छन्। कथा, पटकथा र लेखन आरके मानन्धरको रहेको छ। फिल्म बालबालिकाप्रति गरिने व्यवहार तथा उनीहरूको शिक्षाको विषयमा बनेको लेखक मानन्धरले बताएका छन्।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? (अन्तरवार्ता)

प्रकाशित : ३२ श्रावण २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल