काठमाडौं – प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा सरोकारावाला निकाय र व्यक्तिसँग छलफल प्रारम्भ गरेको छ। समितिको आजको बैठकमा सांसद एवं पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारीले अध्यादेशका सम्बन्धमा सरोकारवाला निकायसँग छलफल गरी स्पष्ट हुनुपर्ने बताए। उनले संविधानले निर्धारण गरेको समयसीमाभित्र मौलिक हकसम्बन्धी कानून बनाइसक्नुपर्ने भएकाले समितिमा छलफलका क्रममा रहेका सम्बन्धित विधेयकलाई…