अभिनेता भुवन केसी मंगलबार नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ। बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले भुवनसहितका कलाकारलाई पार्टी प्रवेश गराउनुभयो। काँग्रेस प्रवेश गरेपछि अभिनेता केसीसँग गरेको कुराकानीको सम्पादित अंश: कलाकार राजनीतिमा लाग्दैनन् भन्छन् नि ? तपाई किन राजनीतिमा प्रवेश गर्नुभएको हो ? हरेक क्षेत्रमा हरेक मानिस आफ्नो क्षमताअनुसार लाग्ने हो। सबैको आफ्नै…