प्रधानमन्त्री निवास बालुवाटारमा पुस १० गते तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको लामो छलफल चल्यो । कांग्रेस र माओवादीबीच प्रधानमन्त्रीको पहिले बन्ने विषयमा सहमति हुन नसकेपछि प्रचण्ड नेकपा एमालेसहितका दलहरूको सहयोगमा प्रधानमन्त्री बने । तर, प्रधानमन्त्री प्रचण्डलाई काम गर्न सहज भएन । एमाले,…