Logo

अन्तरवार्ता

‘इक्यान १४औं शैक्षिक मेला: भर्चुअल माध्यमबाट घरमै बसेर सम्पूर्ण शैक्षिक परामर्श’



प्यासिफिक इन्टरनेशनल स्टडी एब्रोड कन्सल्ट्यान्सीकी प्रबन्ध निर्देशक सुष्मा आचार्य सन् २००० बाट शैक्षिकको क्षेत्रमा क्रियाशील छिन्। सन् २०११ देखि ‘टेष्ट प्रिपरेशन’ र ‘स्टडी एब्रोड’को क्षेत्रमा काम गर्दै आएकी छिन्। नेपाल सरकारबाट प्रदान गरिएको टिआइटिआई ट्रेनिङ, आइसिएफ, क्यूयुएसीजस्ता उच्चस्तरीय तालिम प्राप्त काउन्सिलर पनि हुन् आचार्य। यस्ता तालिमबाट व्यावसायिक क्षमता अझ बृद्धि गर्ने काममा सहयोग पुर्‍याएको आचार्य बताउँछिन्। नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृती प्राप्त कन्सल्ट्यान्सीमा ट्रेनिङ इन्स्टिच्यूट फर टेक्निकल इन्स्ट्रक्टर (टीआइटीआई)को तालिम लिएका तथा आइसिएफ, क्यूयुएसी तथा क्यानडा कोर्स फर एजुकेशनजस्ता ट्रेनिङ प्राप्त हाई क्वालिफाइड काउन्सिलर तथा इन्ट्रक्टरहरू सम्बद्ध छन्। विद्यार्थी तथा अभिभावकहरूलाई एकपटक प्यासिफिक इन्टरनेशनललाई भौतिक तथा भर्चुअल भिजिट गर्न अनुरोध गर्दै आचार्यले प्यासिफिक इन्टरनेशनलले युके, अष्ट्रेलिया, अमेरिका, क्यानडा, फिनल्याण्ड, नर्वे, डेनमार्कजस्ता देशहरूमा काम गर्दै आएको उल्लेख गरिन्। यही परिप्रेक्ष्यमा प्रस्तुत छ, नेपाल शैक्षिक परामर्श संघ इक्यानकी सदस्य आचार्यसँग इक्यानले भर्चुअलमार्फत् सञ्चालन गरिरहेको १४औं शैक्षिक मेला तथा शैक्षिक परामर्श क्षेत्रमा कोरोना प्रकोपको असरका सम्बन्धमा गरिएको कुराकानी:

कोरोना प्रकोपको कारण नेपालको शैक्षिक परामर्श क्षेत्रमा कस्तो असर परेको छ?

–कोरोना प्रकोपले विश्वको अर्थतन्त्रलाई नै तहसनहस पारेको अवस्थामा शैक्षिक परामर्श क्षेत्र यसबाट अछुतो रहन सक्ने कुरा नै भएन। अझ भनौँ, शैक्षिक परामर्श क्षेत्र वैदेशिक शिक्षासँग सम्बन्धित भएकाले झन् बढी प्रभावित भयो। नेपाल सरकार अर्थ मन्त्रालयले यस क्षेत्रलाई अति प्रभावित क्षेत्रको रुपमा घोषणा गरेको छ। लकडाउनभरि बन्दजस्तै रहेको शैक्षिक परामर्शको क्षेत्र विस्तारै पुनरोत्थान उन्मूख छ।

इक्यानको शैक्षिक मेलाबाट शैक्षिक परामर्श व्यवसायको क्षेत्रमा देखिएका समस्या र विद्यार्थीहरूमा देखिएको समस्या समाधान गर्न कतिको सहयोगी हुने विश्वास लिनुभएको छ?

–विद्यार्थीलाई सम्पूर्ण शैक्षिक परामर्श जानकारी दिने उद्देश्यले १४औं इक्यान मेला आयोजना गरिएको हो। मेलामा भर्चुअलमार्फत् उल्लेख्य रुपमा विद्यार्थीको सहभागिता रहँदै आएको छ। विज्ञहरूबाट जानकारी पाउँदा विद्यार्थी र अभिभावक पनि उत्साहित हुनुभएको मैले पाएकी छु। यस मेलाले लामो समयसम्म बन्द रहेको शैक्षिक परामर्श व्यवसाय र अन्यौलमा परिरहेका विद्यार्थी तथा अभिभावकहरूलाई सही परामर्श प्रदान गरिरहेको छ भन्नेमा विश्वस्त छु। विद्यार्थीहरूले आफू जान चाहेको देशको त्यहाँको अवस्था, कोरोनाले पारेको असर र त्यहाँको संस्कृति, भाषा, भर्ना प्रक्रिया, प्राप्त गर्ने क्वालिफिकेशन, काम गर्न पाउने समयजस्ता विषयको जानकारी गराउँदछौं। कतिपय देशहरूमा आजको दिनसम्म पनि अन्तर्राष्ट्रिय आगमनहरू खुल्ला गरिएको छैन। तसर्थ, यी कुराहरूमा इक्यान फेयरबाट विद्यार्थी तथा अभिभावकले भरपुर फाइदा लिन सक्नुहुन्छ भन्ने कुरामा आशावादी छौं।

अध्ययनका लागि विदेश गएका र जाने नेपाली विद्यार्थीहरूले कोरोना प्रकोपपछि कस्ता समस्याहरू भोगिरहेका छन्? ती समस्या समाधान गर्न इक्यानले के–कस्तो पहल गरिरहेको छ?

–कोरोना प्रकोपपछि विद्यार्थीहरू एब्रोड स्टडीमा जाँदा १४ दिन क्वारेनटाइनमा बस्नुपर्ने बाध्यता छ। पहिला नै त्यहाँ अध्ययन विद्यार्थीहरूमध्ये कतिपय विद्यार्थीले खाइपाइ आएको जागिरसमेत गुमाउनु परेको अवस्था थियो। त्यस्तो समयमा इक्यानले उक्त देशका सरकारी तथा कूटनीतिक नियोगसँग समन्वय गरी उक्त देशमा रहेका स्टडी एब्रोड क्षेत्रमा काम गरिरहेका साथीहरूसँग पनि समन्वय गर्दै त्यस्ता विद्यार्थीहरूको तथ्याङ्क संकलन गर्दै राहतका प्याकेजहरू त्यहाँसम्म पु¥याउने कार्यमा लागिरहेको छ। र, भविष्यमा कुनै समस्या परेमा हामी सक्दो पहल गर्ने नै छौँ।

नेपालमा शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील व्यवसायीहरूलाई कोरोना प्रकोपको बेला सरकारबाट कस्तो सहयोग प्राप्त भयो? आगामी दिनमा सरकारको तर्फबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ?

–नेपालमा शैक्षिक परामर्श क्षेत्रमा काम गर्ने व्यवसायीहरूले कोरोना प्रकोपमा आफ्नो व्यवसायलाई बन्द गरी सरकारका स्वास्थ्यसम्बन्धी निर्देशन र गाइडलाइनलाई पालना गरेकै हो। नेपाल सरकार अर्थ मन्त्रालयले शैक्षिक परामर्श क्षेत्रलाई अति प्रभावित क्षेत्रको रुपमा लिएको छ। त्यसअनुसार बन्द भएका व्यवसायलाई पुनः सूचारु गर्नका लागि सहुलियत दरमा कर्जा प्रवाह गर्ने भएको छ। त्यसमा केही मापदण्ड पूरा गरी कर्जा लिन सक्नु हुनेछ। त्यसका साथै परामर्श दातृ संस्थाहरूको छाता संगठन इक्यानले पनि आफ्ना सदस्यहरूलाई सहुलियत दरमा कर्जा र क्रेडिट कार्डको व्यवस्था विभिन्न बैंकहरूमार्फत् समन्वय गरी जारी गर्न लागेको छ। जसले गर्दा व्यवसायीहरूलाई केही हदसम्म सहयोग पुग्ने अपेक्षा लिएका छौं।

शैक्षिक परामर्शको क्षेत्रमा कोरोना महामारीबाट पुगेको क्षति व्यवस्थापन गर्न अब कसरी अगाडि बढ्ने योजना बनाउनुभएको छ?

–कोरोना महामारी पुगेको क्षति व्यवस्थापन यति छिट्टै र यति सजिलै हुने सक्ने अवस्था छैन। यस प्रक्रियामा समय लाग्छ। यद्यपि, आ–आफ्नो कार्यक्रम पुनः सञ्चालन गर्दै छौं। आर्थिक सहयोग बैंकहरूमार्फत् न्यून ब्याजदरमा प्राप्त गर्न सकियो भने केही हदसम्म सहयोग हुने अपेक्षा राखेका छौं। कतिपय देशहरूमा भिजा एप्लिकेशन तथा आवगमन खुलिसकेको छ। कतिपय देशमा भिजा प्रक्रिया शुरु भएको छ। तर, आवतजावत शुरु भएको छैन। तसर्थ, यिनै क्रियाकलापलाई अघि बढाउँदै क्षतिलाई विस्तारै व्यवस्थापन गर्ने तयारीमा छौं।

शैक्षिक मेलाबाट विद्यार्थी र अभिभावकहरूले के–कस्तो फाइदा लिन सक्नुहुन्छ?

–विदेश पढ्न जान लागेका विद्यार्थीले जान लागेको देशको संस्कृति, भाषा, सिस्टम, प्रक्रिया, शिक्षा, लेबल तथा आवश्यक कागजागतहरूका बारेमा स्पष्ट बुझेर जानुपर्ने हुन्छ। र, सबै जानकारी यही मेलाबाट प्राप्त गर्न सक्नु हुनेछ। धेरै कन्सल्ट्यान्सीहरूमा घुमिरहनु पर्ने आवश्यकता छैन। एकै ठाउँमा लगइन गरेर समयको बचत गरी परामर्श लिन सक्नु हुनेछ। काठमाडौंबाहिर रहेका विद्यार्थीले जानकारी लिनका लागि काठमाडौं आइरहनुपर्ने झन्झट भएन। उहाँहरूले घरमै बसेर इक्यान फेयर डटकममा लगइन गरी आफूले चाहेको कन्सल्ट्यान्सीबाट सम्पूर्ण सेवाहरू प्राप्त गर्न सक्नु हुनेछ।

मनीषा कोइरालाको राष्ट्रवादी अभिव्यक्तिले भारतमा मच्चियो हलचल

प्रकाशित : २ माघ २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल