सामान्यखालको मानसिक तनाव प्रायः सबै मानिसले झेल्नुपरेको हुन्छ । नेपालकै कुरा गर्ने हो भने बत्ती छैन, पानी छैन, काठमाडौंमा ट्राफिक जामको समस्या छ, बेलाबेलामा तेल पाइँदैन, जस्ता विषय पनि तनावका कारण बनिरहेका हुन्छन्, जुन नियमित नभएर सामान्यखाले तनावका विषय हुन् । लगातारको मानसिक तनावमा भने तनाव थपिँदै जान्छ, जम्मा हुँदै जान्छ र मनोभावनामा नराम्रो प्रभाव…