काठमाडौं – डा. गोविन्द केसीले २७औं दिनमा आमरण अनशन तोडेका छन्। सरकार र अनशनरत प्रा.डा. गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा भएको नौ बुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौं, ललितपुर र भक्तपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान नगरिने जनाइएको…