Logo

स्वास्थ्य

बेसार र दूध सेवन गर्दा यति धेरै फाइदा, हेनुहोस् यी गुणकार चिजको महत्त्व



बेसार र दूध स्वास्थ्यका लागि निकै लाभदायक छ । चिसोमा त झनै यसको निकै महत्व छ । जाडो मौसममा चिसोबाट बच्न बेसार र दूध सेवन गर्न चिकित्सकहरूले सल्लाह दिनेगर्छन्।

चोटपटक लाग्दा पनि बेसार र दूध सेवन गर्नु राम्रो मानिन्छ । यदी थकान महशुस भयो र शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भयो भने पनि बेसार मिलाएर दूध पिउनु निकै लाभदायक मानिन्छ।

यदी हड्डी दुख्ने समस्या छ भने पनि बेसारमा दु्ध मिलाएर पिउँदा निकै फाइदा हुन्छ । एक गिलास तातो दूधमा थोरै बेसार मिलायर सधै राति सुत्ने समयमा पिउँदा हड्डिमा हुँने पीडा कम हुन्छ। साथै यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ।

दूधका साथै बेसारमा पनि थुप्रै पोषण तत्व हुन्छ। दूधमा क्याल्सिएम, आइरन, प्रोटिन र भिटामिन हुन्छ। त्यसैले दूधलाई सम्पूर्ण आहार पनि भनिन्छ।

दूधमा बेसार मिलाएर पिउँदा शरीरमा रहेका विषाक्त तत्वलाई बाहिर निकाल्ने काम गर्नुका साथै पाचन प्रणाली पनि बलियो बनाउँछ। यदि पेटको समस्या छ भने बेसार दूधले समाधान दिन सक्छ।

सुन्दरताका लागि पनि बेसार र दूध निकै फाइदाजनक छ। यसले अनुहारमा निखारता ल्याइ सुन्दर देखाउँछ। बेसारमा एन्टीसेप्टिक र एन्टीब्याक्टेरियल गुण हुन्छ । यस्तै बेसार मिलाएर दुघ पिउँदा हाम्रो हड्डि मजबुत हुन्छ।

यो चिसोबाट बच्ने पनि एक अनुक उपाए हो। यसले चिसोको संक्रमण हुन दिँदैन। बेसार दूध पिउँदा अर्थराइटिसको बिरामी हुँदैन। यदि निन्द्रा लाग्दैन र तनाव हुन्छ भने पनि बेसार दूध पिउनु उपयुक्त हुन्छ।

बेसार एन्टी माइक्रोबियल हुन्छ। यसलाई ग्रम दूधसँग पिउँदा दम, ब्रोन्काइटिस, छातिको कफ र साइनस जस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ। यो ब्याक्टेरियर र भाइरल संक्रमणबाट बच्न सहयोग गर्छ। गरम दूधसँग बेसार सेवन गर्दा शरीरमा रहेको फ्याटको मात्रा घट्छ । यसमा रहेको क्याल्सिएम र मिनरल्सले कुनै असर बिना बेट घटाउन मद्दत गर्छ।

नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापासँग विशेष अन्तरवार्ता

प्रकाशित : १३ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल