काठमाडौं – विद्यार्थीलाई पनि तीज लागेको छ अहिले। जताजतै तीजका गीतहरु घन्किँदा विद्यार्थी र युवाको मनमा उल्लास भरिएर आउँछन्। दिव्यज्ञान उच्च माविमा बिहीबार आयोजना गरिएको कार्यक्रममा पनि यस्तै उल्लास भर्न पुगेकी थिइन् सुगम संगीतकी लोकप्रिय गायिका इन्दिरा भट्टराई। नाचौँ मितिनी शीर्षकको गीत गाउँदै स्टेजमा पुगेको कार्यक्रमकी प्रमुख अतिथि भट्टराईले विद्यार्थीहरुलाई नचाइन्। अनि तीजको खुशी साटिन्।…