काठमाडौँ, जेठ २ गते । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीको शब्द रचना रहेको नयाँ राष्ट्रभक्तिमूलक गीत ‘अब बन्छ मेरो देश’ सार्वजनिक गरिएको छ । सामाजिक रूपान्तरण, अन्याय तथा अत्याचारको अन्त्य, आम नागरिकमा न्यायप्रतिको भरोसा र आशा, आपसी सहिष्णुता, भातृत्वभाव तथा राष्ट्रिय एकतामार्फत समृद्ध नेपाल निर्माण गर्न सकिने मूल सन्देशसहित सो गीत शुक्रबार सार्वजनिक गरिएको…