Logo

मनोरञ्जन

गायिका इन्दिरा भट्टराईको नयाँ प्रस्तुति ‘एक्सिडेन्ट भयो न्यूरोडमा’



काठमाडौँ – गायिका इन्दिरा भट्टराईको नयाँ गीत ‘एक्सिडेन्ट भयो न्यूरोडमा’ सार्वजनिक भएको छ। बुढा सुब्बा डिजिटल प्रालिले आइतबार यूट्युबमार्फत सार्वजनिक गरेको हो।

गायिका भट्टराईको आवाज रहेको गीतमा लालबहादुर सुब्बाको संगीत र शब्द रहेको छ। संयोजन सविन लिम्बू रहेको छ।

गम्भीर बिष्टद्वारा निर्देशित तथा एलिशा राई र श्रीदेव भट्टराईले अभिनय गरेको म्यूजिक भिडियोमा कोरियोग्राफी सुबोल थापाको रहेको छ।

शहरी जीवन र युवाको प्रेमकथालाई गीतले समेटेको गायिका भट्टराईले जनाएकी छिन्। ‘यो गीतमा मैले नयाँ प्रयोग गर्न खोजेकी छु, साथै नयाँ शैलीमै म्यूजिक भिडियो बनेको छ,’ भट्टराईले भनिन्, ‘दर्शकहरुको प्रतिक्रिया उत्साहजनक छ, यसले हौसला बढाएको छ।’

प्रकाशित : २७ पुस २०७५, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल