Logo

मनोरञ्जन

गायिका इन्दिरा भट्टराईलाई एपिक नेपाल म्युजिक अवार्ड



काठमाडौँ – गायिका इन्दिरा भट्टराईले एपिक नेपाल म्युजिक अवार्डको सर्वोकृष्ट जुरी अवार्ड जितेकी छिन्। लोक तथा लोक पप गीत गाएर पछिल्लो समय निकै चर्चामा रहेकी गायिका भट्टराईले एपिक नेपाल म्युजिक अवार्ड २०७५को उत्कृष्ट गायिकाका रूपमा अवार्ड हात पारेकी हुन्।

गायिका भट्टराई ‘तिमीले छाडे मर्छु म’ बोलको गीतबाट उत्कृष्ट लोक तथा लोक पप गीत विधामा अवार्ड हात पार्न सफल भएकी हुन्। ‘कला र गलाको संरक्षण हाम्रो अभियान’ भन्ने नारासहित तयार भएको एपिक नेपाल ‘म्युजिक अवार्ड २०७५’ले गायिका भट्टराईको म्युजिक कलालाई अवार्ड हस्तान्तरण गरेको छ।

यस अगाडि पनि विभिन्न अवार्ड हात पार्दै आएकी गायिकालाई यस पटकको अवार्डले साङ्गीतिक क्षेत्रमा अझै समर्पित हुन प्रेरित गराएको बताइन्। ‘अवार्डले सफलताको शुरुआती त दिलाउँछ नै, यसले प्रेरणा मात्र नभएर साङ्गीतिक क्षेत्रमा लागेपछि यसमै भविष्य खोज्न र यसलाई जीवन्त राख्नसमेत हौसला मिल्छ,’ उनले बताइन्।

यसअघि उनले रेस्पोन्सिप मिडिया काठमाडौँले आयोजना गरेको सगरमाथा म्युजिक अवार्डमा लोक तथा पप विधामा उत्कृष्ट अवार्ड हात पारेकी थिइन्। उनले आफ्नै स्वरमा रहेको ‘मायाँको घर जलाएर’ बोलको गीतले संयुक्त अरब इमिरेट्स (यूएई)मा सम्पन्न ‘मोडल सङ्गम अवार्ड’मा नवगायिकाको उत्कृष्ट विधामा अवार्ड हात पारेकी थिइन्।

एपिक नेपाल म्युजिक अवार्डमा लोक गीत, पप र लोक पप गीत, तामाङ सेलो, मेंदोमाया, काँठे भाका, देउडा गीत, पूर्वेली भाका साथै दशैँतिहार विधामा कलाकारहरू सम्मानित भएका थिए।अमन श्रेष्ठको अध्यक्षतामा सम्पन्न अवार्ड कुल ६६ विधामा आयोजना गरिएको थियो।

उक्त अवार्डमा विभिन्न टीभी, रेडियो र पत्रपत्रिकामा कार्यरत सञ्चारकर्मीहरूलाई एपिक नेपाल कला पत्रकारिताबाट सम्मानित गरिएको थियो।

प्रकाशित : ५ माघ २०७५, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल