Logo

प्रदेश-२

प्रदेश प्रमुख डा. अहिराज भन्छन्, ‘देशको सीमानामा प्रदेश–२ ले पहरेदारको भूमिका निर्वाह गरिरहेको छ’



काठमाडौं, २९ चैत – प्रदेश नम्बर–२ का प्रमुख डा. राजेश अहिराज राजा जनकको भूमि मिथिलाको आफ्नै किसिमका पहिचान र महत्व रहेको बताएका छन्। आज भद्रकालीस्थित रासस केन्द्रीय कार्यालयको निरीक्षण गर्दै अहिराजले त्यसलाई आम जनसमुदाय माझ उजागर गर्न जरुरी रहेको खाँचो औँल्याएका छन्।

प्रमुख अहिराजले प्रदेश–२ मा रहेका थुप्रै पुरातात्विक एवं धार्मिकस्थल मात्र नभई देशको सीमा क्षेत्रमा यस प्रदेशले पहरेदारको भूमिका निर्वाह गर्दै आएको धारणा राखे।

प्रदेश–२ का बासिन्दाको भूमिकालाई आमसञ्चारका माध्यमले यथोचित स्थान दिई प्रचारप्रसारमा ल्याउनुपर्ने विचार व्यक्त गर्दै उनले त्यस किसिमको भूमिकाको अपेक्षा आफूले राखेको बताए।

जनकपुर र आसपासका ठाउँहरूको ऐतिहासिकतालाई उजिल्याउन सके त्यसले पर्यटन उद्योगका साथसाथै स्थानीय जनताको आर्थिक–सामाजिक रुपान्तरणमा सहयोग पुग्ने उनको भनाइ थियो।

प्रदेश प्रमुख अहिराजले आफूले कुनै बेला राससको जिल्ला समाचारदाता रुपमा काम गरेको स्मरण गर्दै आगामी दिनमा सत्यतथ्य समाचारका लागि रासस नै महत्वपूर्ण माध्यम हुने विश्वास व्यक्त गरे।

राससका अध्यक्ष हरिहर अधिकारी (श्यामल) ले राससले मुलुकको विविध सांस्कृतिक र धार्मिक सम्पदा, कला र संस्कृतिबारे समाचार प्रवाह गर्दै आएको जानकारी दिँदै प्रदेश–२ का सन्दर्भमा प्रदेश प्रमुखबाट औँल्याइएका विषय विशेष ध्यानमा राखिने वचन दिए।

त्यसैगरी, राससका महाप्रबन्धक ओपेन्द्र शर्माले राससको प्रदेश कार्यालयसँग समन्वय कायम गरी प्रदेश–२ का समाचारलाई समेटिने विश्वास दिलाएका छन्। सो अवसरमा प्रदेश प्रमुख अहिराजले राससकर्मीलाई नेपालको झण्डाको लोगो प्रदान गरेका छन्।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको अन्तरवार्ता (भिडियो)

प्रकाशित : ३१ चैत्र २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल