Logo

प्रदेश-२

सगरमाथामा वीरगञ्ज महानगरको झण्डा फहराउँदै हरेराम खड्का, प्रमुख सरावगी हर्सित



वीरगञ्ज, ८ वैशाख – पर्साको वीरगञ्ज महानगरपालिकाको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराइँदै छ। पर्साको ठोरी गाउँपालिका वडा नम्बर–५ का हरेराम खड्काले सगरमाथा आरोहणका क्रममा वीरगञ्ज महानगरको झण्डा फराउने भएका हुन्।

वीरगञ्ज महानगरका प्रमुख विजय सरावगीका अनुसार सरगमाथा आरोही खड्काले मंगलबार सगरमाथाको ६ हजार १ सय १९ मिटर उचाईमा रहेको लाबुछे पिकमा वीरगञ्जको झण्डा फहराएर तस्वीर पठाएका छन्।

आरोहण दल शिखरतर्फ जाँदै छ। सरावगीका अनुसार महानगरले आरोही खड्कालाई दुई लाख पचास हजार रुपैयाँ सहयोग गरी बिदाई गरिएको छ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा वीरगञ्ज महानगरको ब्यानर फहराउँदा एकदमै हर्षित महसुस गरेको छु,’ सरावगीले भने।

महानगर प्रमुख सरावगीले सगरमाथा आरोहण गर्ने प्रदेश नम्बर–२ कै पहिलो व्यक्ति आरोही खड्का रहेको उल्लेख गर्दै आफ्नो तर्फबाट साहसिक कार्य गर्ने सबै युवाहरूलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

‘हरेक स्थानीय तहले युवाहरूलाई साहसिक कार्य, खेलकुद जस्ता विधामा अघि बढाउन प्रोत्साहन स्वरुप योजना निर्माण र कार्यान्वयन गर्नैपर्छ,’ सरावगीले भने, ‘संघीय सरकारका तर्फबाट पनि सगरमाथा आरोहण गर्ने कार्यका लागि आर्थिक सहुलियत र खर्च घटाउने जस्ता विषयमा ध्यान दिनुपर्छ।’

हेर्नुहाेस् नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाकाे अन्तरवार्ता

प्रकाशित : ८ बैशाख २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल