Logo

शिक्षा

विश्वविद्यालयहरुलाई प्राज्ञिक थलोका रुपमा विकास गर्नुपर्छः प्रधानमन्त्री



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले योजनाबद्ध विकास गरे गन्तव्यमा पुग्न सकिने बताउनु भएको छ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको आठौं साधारणसभालाई आज बालुवाटारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो।

प्रधानमन्त्री ओलीले सरकारले विकासलाई तीव्र गतिमा बढाउनु पर्ने भएकाले योजनावद्ध रुपमा अघि बढ्नु आवश्यक रहेको बताउनुभएको छ।

कार्यक्रमलार्इ सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा अोली।

‘विश्वविद्यालयहरुलाई प्राज्ञिक थलोको रुपमा विकास गर्नु पर्दछ’, ओलीले भन्नुभयो – ‘त्यहाँ पठनपाठनलाई भन्दा बढी देशलाई आवश्यक पर्ने अध्ययन अनुसन्धान हुनु जरुरी छ।’

सरकारले देशलाई आवश्यक पर्ने जनशक्तिको पहिचान गरी त्यसैअनुसारको विद्यालय र कलेजहरु खोल्ने तयारी गरेको ओलीले जनाउनु भको छ। विश्वविद्यालयहरुले संख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।

प्रकाशित : १० भाद्र २०७५, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल