काठमाडाैं, ४ जेठ – विवेकशील साझा पार्टीले प्रदेश नं ३ को संयोजकमा समीक्षा बास्कोटालाई चयन गरेको छ। गत निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–१ ‘क’बाट प्रदेशसभाको उम्मेदवार बनेकी बाँस्कोटा कानूनकर्मी तथा व्यवसायी हुन्। ३४ वर्षीया बास्कोटाले काठमाडौं स्कुल अफ लबाट कानूनमा स्नातक गरेर अमेरिकाको सेण्ट जोन्स विश्वविद्यालयबाट कानूनमैं स्नातकोत्तर गरेकी छिन्। स्नातकोत्तरपछि 'डिन्स फेलो' मनोनित भएर केही…