काठमाडौं, भदौ ११ – नेपाली समाज विस्तारै समानतातर्फ उन्मूख हुँदैछ। विशेषतः साँघुरो मानसिकताका कारण समाजमा छुवाछुत जस्तो अपराध पनि अहिलेसम्म खुलेआम हुने गरेको छ। शहरी क्षेत्रमा नभएपनि ग्रामीण क्षेत्रमा छुवाछुत व्याप्त छ। अझ, आजभन्दा एक–दुई दशकअघिसम्म नेपाली समाजमा छुवाछुतको स्थिति कति विकराल थियो होला? ‘मेरो पढाई सानैदेखि राम्रो थियो, म सधैँ कक्षामा प्रथम हुन्थेँ,’ नेपाली…