Logo

राजनीति

भारतसँग भएका सम्झौता कार्यान्वयन गरिने छः प्रधानमन्त्री



​​​​​​​

काठमाडौं, १३ जेठ – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग भएका सम्झाैता कार्यान्वयनमा लगिने बताएका छन्। राष्ट्रियसभाको आजको बैठकलार्इ सम्बोधन गर्दै अोलीले कार्यान्वयन नभएका सम्झाैता कार्यान्वयन गरिने प्रष्ट पारेका हुन्।

अोलीले निर्यातमूलक उत्पादनमा प्राथमिकता दिइने बताउँदै आर्थिक उन्नतिका लागि पूर्वाधारको महत्व हुने भएकाले त्यसलाई सरकारले विशेष जोड दिएको बताएका छन्।

सरकारले नीति तथा कार्यक्रमको जवाफ दिँदै संशोधनको प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन्।

यही जेठ ७ गते संसद्को दुवै सदनमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आजको राष्ट्रियसभामा सदस्यले उठाएका विषयलाई उच्च सम्मान गरिएको बताए।

उनले समृद्ध नेपाली, सुखी नेपालीका लागि सर्वत्र विकास आवश्यक छ भन्दै कृषि, उद्योग, व्यापार, उद्योग, पर्यटन, रोजगारी, पूर्वाधारका क्षेत्रमा विकास गर्नका लागि नीति तथा कार्यक्रमले आधार तयार गरेको बताएका छन्।

प्रकाशित : १३ जेष्ठ २०७५, आइतबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: