काठमाडौं, २८ भदौ – पूर्व राष्ट्रपति डा. रामवरण यादवले भ्रष्टाचार नियन्त्रणका लागि निर्वाचन प्रणालीलाई व्यवस्थित गर्दै आमूल रुपमै सुधार गर्नुपर्ने बताएका छन्। अमेरिका–नेपाल नीति अनुसन्धान केन्द्रको पाँचौँ वार्षिक सम्मेलनलाई ‘जुम’मार्फत् सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन सकेमा भ्रष्टाचार नियन्त्रण हुने धारणा राखेका हुन्। डा. यादवले निर्वाचनको निष्पक्षतासँग प्रजातान्त्रिक विधि गाँसिएको बताए।…