Logo

राजनीति

अध्यक्षद्वयको भेटपछि नेकपा सचिवालय बैठक स्थगित



काठमाडौं, ५ असोज – सोमबार बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ।

पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटघाटपछि बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

अध्यक्षद्वयबीचको भेट प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

स्थगित सचिवालय बैठक मंगलबार साढे १२ बजे बस्ने गरी स्थगित भएको हो।

यसअघि आइतबार बसेको सचिवालय बैठकमा सरकारलाई प्रभावकारी बनाउन मन्त्रीमण्डल पुनगर्ठनबारे छलफल भएको थियो ।

प्रकाशित : ५ आश्विन २०७७, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल