बुटवल, १९ वैशाख – लुम्बिनी प्रदेशसभाका विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाइसकेकाले पुनः मुख्यमन्त्री नियुक्त नगर्न र शपथ नगराउन प्रदेश प्रमुखसँग माग गरेका छन्। तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित बिमलाकुमारी खत्री वलीले आइतबार मात्रै आफ्नो प्रतिनिधित्वका लागि माओवादी केन्द्र रोजेपछि एमालेका पोखरेलले बहुमत गुमाएका छन्। एमालेको बहुमत गुमेपछि माओवादी केन्द्र, नेपाली कांग्रेस…