Logo

राजनीति

अस्पतालमै पर्खिरहेकी आमालाई छोडेर सधैंका लागि बिदा भए कांग्रेस नेता नवीन्द्रराज जोशी



काठमाडौं, १३ चैत – कांग्रेस नेता एवं पूर्व मन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ। अकस्मात मस्तिष्काघात भएपछि गत फागुन १४ गतेदेखि नर्भिक अस्पतालकाे अति सघन कक्षमा उपचाररत नेपाली कांग्रेसका नेता जाेशीकाे शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिएका हुन्।

५७ वर्षीय जोशी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व उद्योग मन्त्री समेत थिए। जोशीको जन्म वि.सं. २०२० साल पुस २४ मा भएको थियो। कसैलाई नबिझाउने नेता जाेशीकाे निधनले सिंगाे देश मर्माहित भएकाे छ।

शालीन तथा भद्र व्यक्तित्वका धनि जोशी गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट वामगठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठसँग झिनो मतले पराजित भएका थिए। पहिलाे र दाेस्राे संविधानसभाकाे निर्वाचनमा जाेशी साेही क्षेत्रबाट निर्वाचित भएका थिए।

२०३६ सालकाे विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाएका जाेशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बनेका थिए। २०४९ सालकाे स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौं महानगरपालिकाकाे उप मेयरमा निर्वाचित भएका जाेशी प्रचण्ड नेतृत्वको माओवादी-कांग्रेस गठबन्धन सरकारमा उद्योग मन्त्री बनेका थिए।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष समेत रहेका जाेशीका श्रीमती र एक छाेरी छन्। उपचारका क्रममा जाेशीकी आमा सधैं अस्पताल पुगेर आफ्ना छाेराकाे स्वास्थ्य लाभकाे कामना गरिरहिन्। तर, जाेशी सबैलाई दु:खी बनाएर सधैंका लागि बिदा भए।

कांग्रेसका प्रभावशाली नेता गगन थापाकाे विशेष अन्तरवार्ता

प्रकाशित : १३ चैत्र २०७७, शुक्रबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल