नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच अहिले संवाद टुटेको छ। नेकपा प्रचण्ड र ओली समूहमा विभाजित छ। पुस ५ गते प्रधानमन्त्री समेत रहेका ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा औपचारिक रुपमा दुई समूहमा विभाजित भयो। तर, सर्वोच्च अदालतले ओलीको कदमलाई बदर गरेपछि राजनीतिक परिदृष्य बदलिएको छ। अब अविश्वासको प्रस्तावमार्फत्…