काठमाडौं, २६ वैशाख – नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। वरिष्ठ नेताद्वय खनाल–नेपाल पक्षका सांसदहरूले राजीनामा दिने सम्बन्धमा थप छलफल गर्न बैठक बस्न लागेको हो। आगामी रणनीतिका विषयमा पनि छलफल हुने नेपाल पक्षका एक स्थायी कमिटी सदस्यले बताए। यसअघि, शनिबार साँझ बसेको सांसदहरूको बैठकले…