Logo

राजनीति

केपी ओलीलाई विश्वासको मत नदिने माओवादीको निर्णय, ओलीको ‘प्रस्तुति’ हेरेर अविश्वासको प्रस्ताव



काठमाडौं, २७ वैशाख – नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ।

विश्वासको मत माग्न प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको प्रस्तावको विपक्षमा मत हाल्ने निर्णय माओवादीले गरेको हो।

माओवादी संसदीय दलका नेता एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेकको बैठकले अधिवेशनलाई अविश्वासको प्रस्तावसम्म पुर्‍याउने निर्णय गरेको छ।

ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ताको तयारी भएको माओवादी नेता देवेन्द्र पौडेलले बताए। सदनमा प्रधानमन्त्री ओलीको प्रस्तुति हेरेर यसबारे निर्णय लिइने उनले बताए।

पौडेलले नयाँ सरकार गठन गर्न कांग्रेस प्रतिवद्ध रहेको बताउँदै ओलीको राजीनामा नआए अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रष्ट पारेका छन्।

अन्तरवार्ता: केपी ओली सत्तामाथि खतराकाे घण्टी: गगन थापा (भिडियाे)

प्रकाशित : २७ बैशाख २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल