Logo

राजनीति

लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई पत्र



बुटवल, २६ वैशाख – लुम्बिनी प्रदेशसभाका विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशन माग गरेका छन्।

प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आइतबार प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवलाई भेट गरी अविश्वास प्रस्तावमाथि छलफल गर्न विशेष अधिवेशनको माग गरेका हुन्।

मुख्यमन्त्री पोखरेलविरुद्ध यसअघि वैशाख ६ गते पनि अविश्वासको प्रस्ताव दर्ता भएको थियो। साथै आइतबार दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल गर्न विपक्षीले माग राखेका छन्।

बहुमतमा रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका छन्। उनीहरूले मुख्यमन्त्री पोखरेलको पक्षमा प्रदेशसभामा बहुमत नरहेको दावी गरेका छन्।

विपक्षी दलले आइतबार प्रदेशसभामा ४० सांसद्को हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्।

अन्तरवार्ता: केपी ओली सत्तामाथि खतराकाे घण्टी: गगन थापा (भिडियाे)

प्रकाशित : २६ बैशाख २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल