Logo

राजनीति

सांसद्हरूलाई प्रधानमन्त्री ओलीको अनुरोध, ‘सामूहिक राजीनामा अपराध हो, सहभागी नहुनू’



काठमाडौं, २६ वैशाख – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा दिनू अपराध हुने बताउँदै यस्ता काममा सहभागी नहुन पार्टीका सांसदहरूलाई अनुरोध गरेका छन्।

विश्वासको मत दिन एकदिन बाँकी रहँदा ओलीले आइतबार विज्ञप्ति जारी गरेर अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने, फ्लोर क्रस गर्ने जस्ता हानिकारक प्रयास भएको र त्यस्तो कार्यलाई ‘अपराध’को संज्ञा दिएका हुन्।

‘के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला? सोचौं भोलि हामी जनतालाई जवाफ दिन्छौं, तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु,’ ओलीले भनेका छन्।

अध्यक्ष ओलीले पार्टीले कसैलाई पनि काखापाखा वा पक्षपात नगर्ने प्रतिवद्धता जाहेर गरेका छन्। ‘म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु, तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैलाई आग्रह गर्दछु,’ ओलीको भनाई छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ।

तर, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले सामूहिक राजीनामा दिने तयारी गरेको छ। ओलीले नेपाल पक्षका सांसद्लाई फकाउने अन्तिम अस्त्र स्वरुप विज्ञप्ति जारी गरेका हुन्।

ओलीले जारी गरेको विज्ञप्ति

रमेश खरेल अब राजनीतिमा ? (अन्तरवार्ता)

प्रकाशित : २६ बैशाख २०७८, आइतबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल