काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृतवको मन्त्रीपरिषदले पूर्णता पाएको छ। बिहीबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद विस्तार गर्दै राज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्रिमण्डल तयार पारेका छन्। रक्षा मन्त्रालय भने ओलीले आफैंसँग राखेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा…