Logo

राजनीति

नेपाली जनताले नबिर्सिएको त्यो कालरात्री: २० वर्षअघि आजकै दिन भएको थियाे दरबार हत्याकाण्ड



काठमाडौं, १९ जेठ – तत्कालीन राजा वीरेन्द्र शाहको वंशै नाश हुने गरी दरबार हत्याकाण्ड भएको आज (बुधबार) २० वर्ष पूरा भएको छ।

२०५८ साल आजैका दिन अर्थात् जेठ १९ गते नारायणहिटी दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्रसहित उनका सबै सदस्यको हत्या भएको थियो।

गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र अधिराजकुमार धीरेन्द्र शाहको हत्या भएको थियो।

घटनामा कोमल शाह, शोभा शाही, कुमार गोरखशम्शेर र केतकी चेस्टर घाइते भएका थिए।

जेठ १९ लाई नेपाली इतिहासमै कहालीलाग्दो दिनका रूपमा लिने गरिन्छ।

घटनाको छानवीन गर्न तत्कालीन सरकारले गठन गरेको समितिले तयार पारेको प्रतिवेदनले गोलीकाण्ड तत्कालीन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेको थियो।

तर, यसलाई धेरैले पत्याएका छैनन्। अहिलेसम्म त्यो हत्याकाण्ड कसले र किन गर्यो भन्ने वास्तविकता अझै रहस्यकै गर्भमा छ।

सरकारले उक्त घटनाको सत्यतथ्य बाहिर ल्याउने प्रतिवद्धता व्यक्त गरे पनि अहिलेसम्म कुनै कदम चालिएको छैन।

वीरेन्द्रको वंश नाशपछि ज्ञानेन्द्र शाहले सम्हालेपछि राजतन्त्र धेरै समय टिक्न सकेन। ज्ञानेन्द्र शाह नै नेपालको अन्तिम राजा बने।

माओवादी जनयुद्ध र २०६२।०६३ को जनआन्दोलनपछि नेपाल गणतान्त्रिक मुलुक घोषणा भयो।

जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ। राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन।

उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन। राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आशिन भए।

प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा नेपालका राजनीतिक दलहरुले २०६२।०६३ मा दोस्रो जनआन्दोलन चर्काएर र नेपाललाई गणतान्त्रिक मुलुक नै घोषणा गरे।

नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाको घोषणा भयो। ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने।

दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो।

तत्कालीन सभामुख तारानाथ रानाभाटले छानवीन प्रतिवेदन सार्वजनिक गरेका थिए। त्यसपछि यस घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन।

तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको दोस्रो मन्त्रिपरिषदमा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने कुरा उठाएका थिए।

राजगद्दीबाट फालिएपछि पनि ज्ञानेन्द्रले राजनीतिक वक्तव्यबाजी गर्न नछाडेको प्रतिशोधमा निधिले छानवीनको कुरा उठाए पनि त्यो कुरा अगाडि बढेको छैन।

अनेक आशंका र अनुमान गरिए पनि नारायणहिटी दरबार हत्याकाण्ड अहिले पनि रहस्यमय नै छ।

रमेश खरेलकाे राजनीतिक यात्रा अब कसरी? अन्तरवार्ता

प्रकाशित : १९ जेष्ठ २०७८, बुधबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल