काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग गर्दै १५ दिनदेखि जुम्लामा आमरण अनशन बसेका प्रा.डा. गोविन्द केसीको मागलाई ऐक्यवद्धता जनाउँदै नेपाल विद्यार्थी संघका केन्द्रीय नेताहरु जुम्ला पुगेका छन्। नेवि संघका महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्ष रामप्रसाद अधिकारी, बाँके नेविसंघ जिल्ला अध्यक्ष पूर्ण आचार्य, नेवि संघ नेता दुर्गा कापडीलगायतका नेताहरुले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर प्रा.डा. केसीलाई भेटेका…