Logo

समाचार

डा. केसीको चेतावनी, ‘सरकारसँग भएको ९ बुँदे सम्झौतामा छलछाम भए कडा संघर्ष’



काठमाडाैं, २२ साउन – चिकित्सा शिक्षा सुधारका निम्ति संघर्षरत प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारसँग भएका पछिल्लो सम्झौतामा छलछाम भए कडा संघर्ष गर्ने चेतावनी दिएका छन्।

चिकित्सा शिक्षा सुधारको लागि १५ पटक अनशन बसेका डा. केसीले त्रिवि शिक्षण अस्पतालमा मंगलबार पत्रकार सम्मेलन गर्दै सत्याग्रह टुंग्याउने क्रममा आफूसँग सरकारले गरेको ९ बुँदे सहमति पालना हुने विश्वास लिए।

प्रा.डा. गोविन्द केसी।

केसीले विधेयक संशोधन सहित थप तोडमोड नगरी पारित हुने विश्वास लिँदै कुनै बहाना, ढिलाई वा छलछाम नगरी संसदबाट उक्त ऐन जारी हुनेमा आफू विश्वस्त भएको बताए।

६ दिन लामो आसियुको बसाइसहित १३ दिनको अस्पताल बसाइ पछि मंगलबार डिस्चार्ज हुँदै डा.केसीले आफूसँग सम्झौता गरेको १३ दिन बितिसक्दा पनि सरकारले मन्त्रिपरिषद बैठकबाट सो सम्झौता अनुमोदन नगरेको भन्दै तुरून्त कार्यान्वयन गर्न माग गरेका छन्।

डा. केसीले सहमतिको आठौं बुँदामा नेपाल सरकार मन्त्री परिषद्ले अाफुसँग भएको सम्झौता अनुमोदन गर्ने भनिएकोमा तत्काल सो काम पूरा गर्न सरकारलाई स्मरण गराएका छन्। साथै चिकित्सा शिक्षा ऐनसम्बन्धी बाहेक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम अघि बढाउन कार्यदल बनाउने तथा जाँचबुझ आयोगले दोषी ठहर्याएका पदाधिकारीहरुलाई कारवाही गर्ने लगायत सम्झौताका बाँकी ६ बुँदाहरुलाई समेत तत्काल कार्यान्वयनमा लैजान सरकारको ध्यानाकर्षण पनि गराएका छन्।

प्रकाशित : २२ श्रावण २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल