दार्जीलिङ – कला र संगीतको उर्बर भूमि दार्जीलिङको मिरिकमा रहेका युवाहरुले नयाँ प्रयासको थालनी गरेका छन्। विभिन्न सञ्चारमाध्यममा कार्यरत तथा कलाकारिताको क्षेत्रमा कार्यरत युवाहरुले आगामी दिनमा अझ सशक्त रुपमा काम गर्ने उद्देश्यले इनफर्नो नामक संस्थाको शुरुवात गरेका हुन्। श्रीकृष्ण जन्माष्टमीको अवसरमा मिरिकमा आयोजित कार्यक्रममा गोरखाल्याण्ड क्षेत्रीय प्रशासनका सम्पर्क अधिकारी अरुण शिङचीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा…