Logo

मनोरञ्जन

कलाकर्मी र सञ्चारकर्मीका लागि खुल्यो इनफर्नो, मोडलहरुले गरे र्‍याम्पवाक!



दार्जीलिङ – कला र संगीतको उर्बर भूमि दार्जीलिङको मिरिकमा रहेका युवाहरुले नयाँ प्रयासको थालनी गरेका छन्।

विभिन्न सञ्चारमाध्यममा कार्यरत तथा कलाकारिताको क्षेत्रमा कार्यरत युवाहरुले आगामी दिनमा अझ सशक्त रुपमा काम गर्ने उद्देश्यले इनफर्नो नामक संस्थाको शुरुवात गरेका हुन्।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा मिरिकमा आयोजित कार्यक्रममा गोरखाल्याण्ड क्षेत्रीय प्रशासनका सम्पर्क अधिकारी अरुण शिङचीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेपाली चलचित्रका वरिष्ठ नृत्य निर्देशक कमल राई, प्रस्तोता समाज नेपालका सिइओ तथा गायक नारायण कडरियाको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रस्तुति दिँदै कलाकार र अतिथिहरू।

संस्थाका सिइओ तथा चर्चित मोडल प्रतिक प्रधानले युवाहरुलाई उनीहरुको लगाव र क्षमताको पहिचान गरेर उक्त विधामा निपुर्ण बनाउँदै योग्य र आत्मनिर्भर बनाउने संस्थाको लक्ष्य रहेको बताएका छन्।

विभिन्न गीत तथा नृत्यसहितको कार्यक्रमको मुख्य आकर्षण फेसन शो रहेको थियो। एक दर्जन बढी मोडलहरुले भारतमा हालै उत्कृष्ट ईथ्निक डिजाइनरको अवार्ड जितेकी अलका शर्माको पहिरनमा र्याम्प वक गरेका थिए।

प्रधानले दार्जीलिङ तथा भारतभरि छरिएर रहेका गोर्खाहरुले एकताबद्ध भएर काम गर्नुपर्नेमा प्रधानले जोड दिएका छन्।

प्रकाशित : १९ भाद्र २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: