Logo

मनोरञ्जन

बालबालिका र विद्यार्थीले हेर्नैपर्ने नाटक ‘मिस्टर फक्स एण्ड दी स्कूल ब्वोई’ कौशी थिएटरमा



काठमाडौं – बालबालिका र जनावरबीचको मनोवैज्ञानिक सम्बन्धमा आधारित नाटक ‘मिस्टर फक्स एण्ड दी स्कूल ब्वोई’ कौशी थिएटरमा मञ्चन भइरहेको छ। ‘मिस्टर फक्स एण्ड दी स्कूल ब्वोई’ मंगलबारबाट शुरू भर्इ आगामी साउन १३ गतेसम्म काठमाडाैंको टेकुस्थित काैसी थिएटरमा मञ्चन हुँदै छ।

नाटकमा बालबालिका र प्रकृतिबीचको सम्बन्धलाई प्रस्तुत गरिएको छ। नाटकको संयोजन एवं निर्देशन चे शंकरले गरेका छन्। निर्देशक चे शंकरका अनुसार प्राकृतिक एवं ऐतिहासिक सम्पदाहरू जोगाउन पहल गर्ने तथा जीवजन्तुहरुको संरक्षणमा मानिसको दायित्व उजागर गर्ने उद्देश्यसहित नाटक तयार गरिएको हो।

​​​​​​​

‘बालबालिकाहरूको जनावरप्रतिको दृष्टिकोणलाई बदल्ने मेरो प्रयास हो,’ उनले भने, ‘यस प्रकारका कलात्मक सिर्जनाले नवीनतम् सन्देश प्रवाह गर्नसक्छ।’

बढ्दो शहरीकरणका कारण जनावरहरूले आफ्ना बासस्थान गुमाइराखेको उल्लेख गर्दै निर्देशक चे शंकरले यस विषयमा बालबालिकामा जागरण पैदा गर्न प्रयास गरिएको प्रष्ट पारेका छन्।

नाटकमा उमेश पोखरेल र दीपेन्द्र शाहीको मुख्य अभिनय रहेको छ। गार्डेन थिएटरको उत्पादन एवं निर्माण रहेको नाटकमा प्रकाश व्यवस्थापनको जिम्मेवारी दिलजङ गुरूङ पाएका छन्। साथै ध्वनी व्यवस्थापन प्रतीक केसीले गर्दै छन्।

​​​​​​​

प्रकाशित : ११ श्रावण २०७५, शुक्रबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल