Logo

कर्णाली प्रदेश

सरकार रमिते बन्दैगर्दा कालिकोटमा नेपाली कांग्रेसको यस्तो प्रेरक कर्म



कालिकोट, २७ भदौ – नेपाली कांग्रेसका नेताहरूले जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. २ पोरिपाल्नीमा ५० जना विपन्न परिवारलाई राहत बितरण गरेका छन् । नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता भुपेन्द्रजंग शाही, कांग्रेस नेता पदमबहादुर शाही र नेपाली कांग्रेसकी महिला नेतृ तथा निर्माण व्यवसायी संघकी केन्द्रीय सदस्य तारा शाहाले व्यक्तिगत रुपमा लगानी गरेर ५० जना विपन्न परिवारहरुलाई राहत बितरण गरेका हुन् ।

कांग्रेस नेताहरु भुपेन्द्रजंग शाही, पदमबहादुर शाही, तारा शाहा, कबिन्द्र शाही, चन्द्रजंग मल्ल लगायतका नेताहरुको उपस्थितिमा पोरिपाल्नीका ५० विपन्न परिवारहरुलाई सामाजिक दुरी कायम गरी प्रति परिवार २० किलो चामल, दुई किलो दाल, तेल, साबुन, मास्क लगायतका दैनिक उपभोग्य बस्तुहरु राहत स्वरुप बितरण गरिएको हो ।

नेपाली कांग्रेसबाट २०७४ सालको प्रतिनिधि सभामा पराजित उम्मेद्वार भुपेन्द्रजंग शाही, २०७४ सालमा सम्पन्न भएको स्थानिय तहको निर्बाचनमा खाँडाचक्र नगरपालिकाको प्रमूखमा पराजित पदमबहादुर शाही र कांग्रेस नेतृ निर्माण व्यवसायी संघकी केन्द्रीय सदस्य तारा शाहाले खाँडाचक्र नगरपालिकामा विपन्न परिवारहरुलाई राहत बितरण गर्ने अभियान थालेका छन् ।

उनीहरुले कोरोनाका कारण लकडाउन हुँदा समस्यामा परेका विपन्न परिवारहरुलाई राहत दिने अभियान थालेका हुन् । कांग्रेस युवा नेता शाहीले भने, ‘कोरोनाका कारण समस्यामा परेका नागरिकहरुलाई स्थानिय सरकारले राहत दिनुपर्ने हो । तर दिएन । नागरिकहरु समस्यामा परेको गुनासो आएपछि हामीले व्यक्तिगत रुपमा सामाजिक भावना र मानवियताका हिसावले बितरण गरेका हौं ।

उनले जिल्लाभरिका बाढी पीडित तथा बिपन्न परिवारहरुलाई कांग्रेसको तर्फबाट गाँउ गाँउमा राहत बितरण गर्न थालिएको जानकारी दिए । यस्तै कांग्रेस नेता पदमबहादुर शाही, तारा शाहाले कालिकोटमा कांग्रेसले संसदिय निर्बाचनमा पराजय भोगेपनि जनताका समस्यामा आफुहरु सधै लागि रहेने बताए । उनले अहिलेको सरकारले गरेका गलत कामले आगामी आउने संसदिय निर्बाचनमा जनताले कांग्रेसलाई रोज्ने ठोक्कुवा गरे ।

प्रकाशित : २३ भाद्र २०७७, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल