Logo

गण्डकी प्रदेश

‘नेपाली कांग्रेस कास्कीले रुपान्तरण खोजेको छ, अभिभावकीय भूमिकामा अग्रज, नेतृत्वमा युवा’



पोखरा, ६ भदौ – नेपाली कांग्रेस कास्की कोषाध्यक्ष लक्ष्मी पाण्डेले पार्टीको जिल्ला समितिमा अब पूर्णरुपमा रुपान्तरण गर्नुपर्ने बताएकी छिन्।

एशिया सञ्चारसँगको कुराकानीमा नेतृ पाण्डेले कास्की कांग्रेसको समग्र रुपान्तरण, नेतृत्व परिवर्तन र योग्य टिम निर्माण गरी देशलाई नै उदाहरण पेश गर्नुपर्ने बताएकी हुन्।

‘हामी कहाँ चुक्यौं, समीक्षा गर्नुपर्छ, र, अब दीर्घकालीन सोच र योजना निर्माण गरी कास्कीबासीको प्रिय पार्टी नेपाली कांग्रेस नै हो भन्ने स्थापित गर्नुपर्ने चुनौती पनि नेतृत्वमाथि छ,’ पाण्डेले भनिन्।

अघिल्ला निर्वाचनहरूको समीक्षा गर्दै अब अग्रजहरूले युवाको काँधमा नेतृत्व सुम्पिनुपर्ने पाण्डेको धारणा छ। ‘सिनियर लिडरहरूले अभिभावकीय भूमिका निभाउनुपर्छ, नेतृत्वमा युवा आउनुपर्छ,’ उनले भनिन्।

अभिभावकीय भूमिकामा बस्दा अग्रज नेताहरूको सम्मान अझै बढ्ने र युवाले काम गर्ने अवसर प्राप्त गर्ने बताउँदै पाण्डेले यसले जिल्लामा पार्टीका गतिविधिमा नै नवीन जाँगर सिर्जना हुने बताइन्।

नेपाली कांग्रेसको वर्तमान नेतृत्वले सकेसम्म राम्रो काम गरेको उल्लेख गर्दै कोषाध्यक्ष पाण्डेले जिल्ला, नगरपालिका, गाउँपालिकादेखि वडासम्मलाई रक्तसञ्चार गराउन सक्ने नेतृत्व आगामी अधिवेशनबाट स्थापित हुने उद्घोष गरिन्।

‘कास्की मात्रै होइन, हामीले सिंगो राष्ट्रलाई हेर्नुछ, राष्ट्रको समृद्धि र विकासका लागि हामीले गर्ने निर्णय, यहाँको जिल्ला नेतृत्वका गतिविधि र हामीले बोक्ने एजेण्डाहरू राष्ट्रकै एजेण्डा हुनुपर्छ,’ उनले भनिन्।

कोरोना भाइरसको महामारीले त्रस्त कास्कीबासीको जीवनस्तर उठाउनका लागि विज्ञहरूसँगको छलफल र योजना निर्माणको काम पनि शुरु भएको नेतृ पाण्डेले जानकारी दिएकी छिन्।

टर्की र कुखुरा पालेरै महिनामा १० लाख आम्दानी 

प्रकाशित : ६ भाद्र २०७७, शनिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: