काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। ओलीको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनलाई ठोस आहार दिन थालिएको छ। प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको बताएकी हुन्।ओलीले हिँडडुल गर्न थालेको जानकारी उनले दिइन्। ओलीको फिजिकल तथा बायोकेमिकल मापदण्डहरुमा सुधार देखिएको डा. शाहले बताइन्। ओलीको एपेन्डिक्सको शल्यक्रिया भएको…