काठमाडौं, वैशाख २७ गते । पशुपति क्षेत्र विकास कोषले बलिउड कलाकार, खेलाडीसँगै राजनीतिक दलका नेतालाई पनि भगवान पशुपतिनाथको दर्शनका लागि आमन्त्रण गरेको छ । धार्मिक पर्यटन प्रवर्द्धन गरी आर्थिक विकासमा योगदान गर्ने उद्देश्यका साथ प्रचारप्रसारमा जुटेको कोषले भारतीय जनता पार्टीका नेता तथा उत्तराखण्डका पूर्वमुख्यमन्त्री भगतसिंह कोश्यारीलाई पशुपतिनाथ मन्दिर दर्शन गराइ धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्न…