Logo

धर्म

‘पशुपति दर्शन अभियान’मा भारतका नेता, आर्थिक समृद्धिमा सहकार्य



काठमाडौं, वैशाख २७ गते । पशुपति क्षेत्र विकास कोषले बलिउड कलाकार, खेलाडीसँगै राजनीतिक दलका नेतालाई पनि भगवान पशुपतिनाथको दर्शनका लागि आमन्त्रण गरेको छ ।

धार्मिक पर्यटन प्रवर्द्धन गरी आर्थिक विकासमा योगदान गर्ने उद्देश्यका साथ प्रचारप्रसारमा जुटेको कोषले भारतीय जनता पार्टीका नेता तथा उत्तराखण्डका पूर्वमुख्यमन्त्री भगतसिंह कोश्यारीलाई पशुपतिनाथ मन्दिर दर्शन गराइ धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरेको हो ।

कोषका सदस्य सचिव डा. मिलनकुमार थापाका अनुसार नेपालबारे जानकारी नेता कोश्यारीलाई बिहीबार पूजाआजा गराइ पशुपतिनाथ मन्दिरमा हरेक वर्ष ५० लाख भक्तजन पुर्‍याउने कार्यमा सहयोगका लागि आग्रह गरिएको छ ।

नेता कोश्यारीले नेपाल र भारतबिच प्राचीनकालदेखि चलिआएको सामाजिक, सांस्कृतिक एवं जनस्तरको सम्बन्धलाई अझै प्रगाढ बनाइ आर्थिक विकास र समुन्नतिको यात्रामा सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल र भारतका जनता सुखी र खुशी रहन द्विपक्षीय सहकार्यमा जोड दिनुभयो ।

सदस्य सचिव डा. थापाले भगवान पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने श्रद्धालुको संख्या वार्षिक ५० लाख पुर्‍याउने लक्ष्यका साथ भारतमा पशुपति दर्शन अभियान सञ्चालन गरिएको र भारतबाट राजनीतिज्ञसँगै खेलकुद क्षेत्रका अगुवा, बलिउड कलाकार, उद्योगी व्यवसायी दर्शनका लागि आइरहेको बताउनुभयो । उक्त अवसरमा डा. थापाले नेता कोश्यारीलाई पाशुपत क्षेत्रको सांस्कृतिक सम्पदा पुस्तक प्रदान गर्नुभयो ।

प्रकाशित : २७ बैशाख २०८२, शनिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल