
केही समयका लागि फुटबलको मौसम सुस्ताएको छ। युरोकप फुटबल र कोपा अमेरिका फुटबल प्रतियोगिता सएिसँगै फुटबल समर्थकहरु घरेलु लिगहरुको प्रतिक्षामा छन्।
हाल फुटबल विश्वमा चर्चाको विषयमा बनेको छ बालोन डी’अर। व्यक्तिगत फुटबलमा सबैभन्दा प्रतिष्ठित मानिने यस अवार्ड कसले पाउला भनेर विभिन्न अनुमानहरु भइरहेका छन्।
बालोन डी’अरको दाबेदारका रुपमा ५ खेलाडीलाई हेरिएको छ। यसमा सबैभन्दा अगाडि त फेरि एकपल्ट अर्जेन्टिनी लियोनल मेसी नै छन्। मेसी अहिले कुनै पनि क्लबसँग अनुबन्धविहीन छन्। तर उनले तलब कटौती गरेर बार्सिलोनासँग ५ वर्षको सम्झौता गर्ने स्पेनिस मिडियाहरुले दाबी गरिरहेका छन्।
मेसीको शानदार प्रदर्शन र नेतृत्वमा अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको छ। यो सन् १९९३ यता अर्जेन्टिनाले जितेको ठूलो उपाधि हो। मेसीले यो अवार्ड मेसीले ६ पटक जितिसकेका छन्।
मेसीसँग बालोन डी’अरका लागि प्रतिस्पर्धा गर्ने खेलाडीमा इटालीक जोर्गिन्हो अगाडि छन्। इटालीले युरो जितेको अर्थमा यो स्वाभाविक छ। उत्कृष्ट मिडफिल्डरका रूपमा चर्चामा रहेका जोर्गिन्होले चेल्सीका लागि युरोपेली च्याम्पियन्स लिग जिते थिए। बालोन डी’अर जित्ने खेलाडीको निर्णय अधिकांश समय च्याम्पियन्स लिग र ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा भर पर्ने गर्छ।
त्यसैले जोर्गिन्होको उम्मेदवारी दमदार छ। यसपल्टको युरोमा उनका साथी जर्जियो केलिनीको प्रदर्शन पनि प्रशंसायोग्य रह्यो। इंग्ल्यान्ड युरोको उपविजेता रह्यो। ह्यारी केन यही टिमका कप्तान हुन्। इंग्ल्यान्डले युरो जित्दो हो त उनी मेसीजत्तिकै बलियो दाबेदार हुन्थे। तर इंग्ल्याण्डमा उपाधि जित्न सकेन।
त्यस्तै, बालोन डी’अरका अर्का एक प्रत्याशी हुनसक्छन्, पोल्यान्डका रोबर्ट लेवान्डोस्की। युरोकपमा पोल्याण्ड अपेक्षाकृत प्रदर्शन गर्न सकेन। फुटबल क्लब बायर्न म्युनिखका लागि उनले दिएको योगदानका लागि उनलाई बालोर डी’ओरको दाबेदार मानिएको हो।







प्रतिक्रिया