Logo

स्वास्थ्य

कोरोनाको खोप कार्ड हरायो ? यसरी लगाउनुहोस् अर्को खोप



काठमाडौं- कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले सार्वजनिक ठाउँमा कोरोना खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेसँगै अब कार्ड खोज्नुपर्ने अवस्था आएको छ।

धेरै समय आगाडी खोप लगाएका मानिसको खोप कार्ड हराएकोले गर्दा अब के गर्ने भनेर अन्योलमा छन्। खोप कार्ड हराएकाहरुलाई पुनः बनाइदिने व्यवस्था छ त ? हामीले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सूचना अधिकारी नवराज गौतमलाई सोधेका थियौं।

कोरोना खोप लगाएको रेकर्ड सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयमा बुझाइने भएकाले सम्बन्धित जिल्लामै गएर नयाँ कार्ड बनाउनु पर्ने उनले स्पष्ट पारे। हुन त, खोप कार्ड भन्दा पनि कार्डको फोटोलाई अनिवार्य गरिएको छ।

त्यसैले कार्ड हराएको भएपनि खोप कार्डको फोटो देखाएर पनि सार्वजनिक सेवा लिन सकिन्छ। तर नयाँ कार्ड नै बनाउनुपर्ने अवस्था भएमा जिल्ला स्वास्थ्य कार्यालयमा सम्पर्क गर्नुपर्ने गौतमले बताए।

प्रकाशित : १७ पुष २०२६, बिहीबार ००:००

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

ट्राफिक चोक, बुटवल उ.म.न.पा. ८ जीतपुर, वाणगंगा न.पा. ४
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • कार्यकारी सम्पादक
    अतीत अधिकारी
  • संवाददाता
    प्रकाशमणि राउत प्रल्हाद चौहान
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल
%d bloggers like this: