Logo

राजनीति

प्रवास कांग्रेसका कुशल संगठक डण्डपानी कडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा



काठमाडौं, असोज २२ गते । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कडेल ‘डीपी’ ले जनसम्पर्क समिति एसिया क्षेत्र (गल्फ क्षेत्रबाहेक) बाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।

लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय कडेलले राजनीतिक यात्रा नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट सुरु गरेका हुन्। कडेलले नेविसंघका विभिन्न क्याम्पस समितिमा जिम्मेवारी सम्हाल्दै पार्टीको भुइँ तहमा सक्रिय रहँदै संगठन निर्माण तथा कांग्रेसको विचार जनतामाझ पुर्‍याउने अभियानमा आफू निरन्तर जोडिएको बताएका छन्।

नेता कडेलले नेपाली कांग्रेसको लोकतान्त्रिक समाजवाद, राष्ट्रियता र बीपी कोइरालाको विचारलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै आएको बताएका छन्। उनले देशबाहिर रहेर लामो समय काम गर्नुपरे पनि कांग्रेस, लोकतन्त्र र बीपी विचारसँगको आफ्नो राजनीतिक सम्बन्ध निरन्तर कायम रहेको बताए।

प्रवासमा समेत कांग्रेसको संगठन विस्तारमा सक्रिय कडेलले नेपाली कांग्रेस जनसम्पर्क समिति जापानको अध्यक्ष को जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उक्त भूमिकामा रहँदा प्रवासमा रहेका कांग्रेसका नेता–कार्यकर्तालाई संगठित गर्ने तथा अन्तर्राष्ट्रियस्तरमा पार्टीको पहिचान विस्तार गर्ने काममा आफू सक्रिय रहेको उनले बताएका छन्।

भुइँ तहदेखि संगठन निर्माणमा हासिल गरेको अनुभवलाई अब पार्टीको केन्द्रीय संरचनामा प्रभावकारी रूपमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिने निर्णय गरेको कडेलको भनाइ छ। अग्रज नेता तथा पार्टीका साथीहरूको सुझाव र सल्लाहलाई समेत आत्मसात् गर्दै आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन्।

कडेलले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक आकांक्षाभन्दा पनि प्रवासमा रहेका कांग्रेसका नेता–कार्यकर्ताको आवाजलाई पार्टीको मूल नेतृत्वसम्म पुर्‍याउने अभियानका रूपमा प्रस्तुत गरेका छन्। उनले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई मत दिएर विजयी गराउन आग्रह गर्दै आफ्नो पक्षमा प्राप्त हुने मतले प्रवासी कांग्रेसजनको प्रतिनिधित्वलाई थप बलियो बनाउने दाबी गरेका छन्।

कडेलले आफूलाई अहिलेसम्म साथ, माया, विश्वास र सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी निर्वाचनमा पनि त्यही विश्वासलाई मतमा परिणत गरिदिन महाधिवेशन प्रतिनिधिहरूसँग अपिल गरेका छन्। उनको उम्मेदवारीसँगै कांग्रेसको जनसम्पर्क समिति एसिया क्षेत्रतर्फको चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।

प्रकाशित : २२ आश्विन २०८३, बिहिबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    दुर्गादेवी अधिकारी ९८१५९२९१२४
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल