Logo

स्वास्थ्य

‘ओमिक्रोन’ भाइरसका लक्षण यस्ता देखिन्छन्, यसबाट कसरी बच्ने ?



नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । दक्षिण अफ्रिकाहुँदै नेपाल भित्रिएका दुईजना विदेशी नागरिकमा संक्रमण देखिएको हो ।

कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको थियो । त्यहाँ नोभेम्बर ९ (२३ कात्तिक)मा संकलन गरिएको नमूनामा नयाँ भेरियन्ट भेटिएको थियो र विश्व स्वास्थ्य संगठनले २३ नोभेम्बर (७ मंसिरमा) कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको विश्व समुदायलाई जानकारी गराएको थियो ।

ओमिक्रोन भेरियन्ट कति घातक छ रु खोपको प्रभावकारिता कति रहन्छ भन्ने अझै अध्ययनकै क्रममा छ । तर झण्डै ५० वटा म्यूटेसन देखिएकाले अरु भेरियन्टभन्दा घातक हुनसक्ने आशंका अध्ययनकर्ताहरुको छ ।

नेपालमा ओमिक्रोन पुष्टि भएसँगै निगरानीका लागि ‘सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंग’ को कार्यलाई थप प्रभावकारी बनाइएको छ। आम नागरिकलाई ओमिक्रोनसँगसम्बन्धी वैज्ञानिक तथ्य प्रेषण गर्न विश्वमा भएका यससम्बन्धी अध्ययन अनुसन्धानका आधारमा प्राप्त सही सूचनाहरु आधिकारिक माध्यमबाट प्रवाह गर्ने गरिएको छ।’, मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भने।

स्वास्थ्य मन्त्रालयले कोभिड १९ का अरू भेरियन्ट जस्तै ओमिक्रोनको संक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना मास्कको प्रयोग, भौतिक दूरी कायम गर्ने, भीडभाड नगर्ने तथा हात धुने कार्य हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने सुझाएको छ।

भाइरसबाट बच्न खोपको प्रयोग महत्वपूर्ण हुने भएकाले सबैले मापदण्डको पालना गरी खोप अभियानमा सहभागी नहुनसमेत आग्रह गरेको छ।

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनबाट सङ्क्रमण हुँदा देखिने लक्षणहरू अन्य भेरिअन्टको सन्दर्भमा भन्दा फरक नभएको जानकारी उपलब्ध नभएको जनाएको छ।

यद्यपि खोकी र ज्वरो आउनु तथा स्वाद र गन्ध हराउनु यो भेरिअन्टसँग सम्बन्धित लक्षण हुन सक्छन्।

दक्षिण अफ्रिकामा पूर्ण खोप लगाएका मानिसमा पनि ओमिक्रोन सङ्क्रमण पुष्टि भएको छ। उनीहरूमा देखिएका लक्षणहरू सामान्य छन्।

दक्षिण अफ्रिकाका अस्पतालहरूमा जटिल लक्षणसहित धेरै वयस्क व्यक्तिहरू भर्ना भएका छन्। तीमध्ये अधिकांश खोप नलगाएका वा खोपको एक मात्रा मात्र लगाएका मानिस छन्।

यसले के सङ्केत गर्छ भने पूर्ण मात्रामा खोप लगाउनु र अतिरिक्त ‘बूस्टर’ मात्रा लगाउँदा नयाँ वा उस्तै भेरिअन्टहरूले निम्त्याउने समस्याबाट जोगिन सकिन्छ।

प्रकाशित : २० मंसिर २०७८, सोमबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल