Logo

धर्म

अन्तिम सास फेर्नुभन्दा पहिले रावणले दिएका थिए लक्ष्मणलाई यस्तो संदेश



काठमाडौं- अयोध्याका राजा रामको रातबाट लडाइँमा मारिएका लंकाका राजा रावण आफ्नो समयका चर्चित एवं प्रतापी राजा थिए। उनी विद्वान, आयुर्वेदका ज्ञाता, धुरन्धर पण्डित हुनुका साथै ज्योतिष विज्ञानका जानकार पनि रहेका थिए।

रावण एक धार्मिक राजा पनि रहेका थिए। उनी शिवका भक्त थिए। उनले शिव ताण्डव स्तुत्र, शिव संगीत आदिको रचना गरेका थिए। भनिन्छ, राम–रावण युद्धमा रामले विजय प्राप्त गरेका हुनाले रामायण सिर्जना भयो।

यदि सो युद्धमा रावणको विजय हुन्थ्यो भने रामायणको सट्टामा रावणायण लेखिने थियो। उनले ऋषि बुवा र राक्षस आमाबाट जन्म लिएका थिए। जन्ममा भएको यस्तो संयोगले गर्दा नै हुनुपर्छ उनमा ऋषि बुवाको जस्तो ज्ञान र आमाको जस्तो राक्षसीपन समेत रहेको थियो।

रावणले अन्तिम सास फेर्नुभन्दा पहिले लक्ष्मणलाई दिएका १२ उपदेश :

१) आफ्नो शत्रुलाई कहिल्यै पनि कमजोर नसम्झनु । आफ्नो शत्रुलाई कमजोर सम्झने गल्ती गरेको हुनाले नै मैले तिमीहरुसँगको युद्ध हारेको हुँ, र अहिले मेरो यो गति भयो ।

२) आफ्नो भाइ, आफ्नो साथी र इष्टमित्रलाई कहिल्यै पनि दुश्मन नबनाउनु । आफ्नो भाइलाई दुश्मन बनाएको हुनाले मेरो विनास भयो ।

३) यदि जीवनमा कुनै काम गर्नु छ भने त्यो कामलाई कहिल्यै ढिला नगर्नु । यदि ढिला गर्यो भने शुभ काम पनि अशुभमा बदलिन सक्छ । आफू रामको शरणमा आउन ढिला गरेकाले आफू मृत्यु नजिक पुगेको उनको भनाइ थियो ।

४) जीन्दगीमा सधैं जितिन्छ भन्ने छैन । परस्थितिअनुसार हार पनि व्यहोर्नु पर्छ ।

५) मानिसमा आयुर्वेद, रसायन र जडीबुटीको ज्ञान हुनुपर्छ । जडिबुटीको माध्यमबाट मानिसको उपचार या शारीरिक समस्या आफैले समाधान गर्न सकिन्छ ।

६) हामीले आफ्नो काँधको जिम्मेवारी पूरा गर्नुपर्छ ।

७) आफ्नो शक्तिलाई कायम राख्नुपर्छ । शक्तिलाई कहिल्यै खण्डित गर्नु हुँदैन ।

८) मानिस लगनशील हुनुपर्छ । मानिसले जीवनमा लिएको लक्ष्यलाई पूरा गर्न सधैं तत्पर हुनुपर्छ ।

९) मानिस आफूसँग जे छ, त्यसमा खुसी हुनुपर्छ । लोभ, लालच, घमण्ड र अहंकारबाट टाढा रहनुपर्छ । लोभले मानिसलाई राक्षस बनाउँछ । त्यसकारण आफ्नो आवश्यकतालाई हामीले कहिले पनि लोभ बनाउनु हुँदैन ।

१०) आफ्नो गोप्यकुरा कसैलाई पनि भन्नु हुँदैन, चाहे त्यो जतिसुकै नजिकको व्यक्ति होस् । जीत हात पार्नलाई युद्ध नीति त झन् धेरै गोप्य राख्नुपर्छ । आफूले आफ्नो युद्ध नीति आफ्ना भाइ विभीषणलाई सुनाएको कारणले नै आफूले युद्धमा हारेको उनको निष्कर्ष थियो ।

११) आफ्नो सच्चा मित्र त्यो हो, जसले साथीका गुण, वैगुन साथीकै अगाडी नै व्यक्त गर्न सक्छ ।

१२) आफ्ना अग्रजहरुलाई सधैं सम्मान गर्नुपर्छ ।

प्रकाशित : १४ मंसिर २०७८, मंगलबार

सम्पर्क

अनामनगर, काठमाडौं, नेपाल
+९७७ ९८५७०५०९७० / +९७७ ५९ ५२४२२०
[email protected] [email protected]

हाम्रो समूह

  • सम्पादक
    यादव थपलिया ९८४१३८९००६
  • व्यवस्थापक
    शिक्षा थपलिया
  • अध्यक्ष
    तीर्थमणि अधिकारी
  • प्रबन्ध सम्पादक
    शान्तिराम नेपाल